Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उखु किसानलाई ठगी गरेको आरोपमा चिनी उद्योगी राकेश अग्रवाल पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले उखु किसानको लाखौं रुपैयाँ पचाएर बसेका चिनी उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले वताए ।

पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा छ ।

माइती घरमा उखुको मूल्य माग्दै किसानहरुले प्रदर्शन गरेपछि गृह मन्त्रालयले उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गरेको थियो ।

अग्रवाललाई  आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077