Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईएसआईका पूर्व प्रमुख नै भारतीय जासुस, पाकिस्तानी सेनाले गर्‍यो खुलासा

    आईएसआईका पूर्व प्रमुख नै भारतीय जासुस, पाकिस्तानी सेनाले गर्‍यो खुलासा

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 4K
    SHARES

    एजेन्सी। सेवानिवृत्त लेफ्टिनेन्ट जनरल तथा पाकिस्तानी खुफिया संस्था आईएसआईका पूर्व प्रमुख असद दुर्रानीलाई  पाकिस्तानले भारतीय जासुस भएको आरोप लगाएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी रक्षा मन्त्रालयले इस्लामाबाद उच्च अदालतलाई दुर्रानीको नाम ‘एक्जिट कन्ट्रोल सूची’बाट नहटाउन अनुरोध गरेको छ।



    रक्षा मन्त्रालयले अदालतलाई  प्रमाण पेश गर्दै दुर्रानी २००८ साल देखि  भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ (रअ ) सँग सम्पर्कमा रहेको दाबी गरेको छ ।
    असद दुर्रानीको नाम प्राय: भारतीय गुप्तचर एजेन्सी ‘रअ’ सँग सम्बन्धित छ।



    असद दुर्रानीको  भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुख एएस दुल्लतसँग जोडिने गरेको छ। यी दुई पूर्व प्रमुखहरूले संयुक्त रुपमा पुस्तक पनि लेखेका छन्। यस कारणले२०१८ मा पाकिस्तानी सेनाले दुर्रानीलाई  सैन्य आचारसंहिता उल्लङ्घन गरेको आरोप लगायो।

    दुर्रानीले इस्लामाबाद उच्च अदालतमा अपील गर्दै  सरकारले गलत तरिकाले आफ्नो नाम एक्जिट कन्ट्रोल  सूचीमा समावेश गरेको वताएका छन्। उनले अदालतलाई  आफु विदेश जान चाहेको र सोही कारण उनीमाथि लगाएको प्रतिबन्ध हटाउनु पर्ने जिकिर गरेका छन्।

    पाकिस्तानले २०१९ मा दुर्रानीलाई ईसीएलमा समावेश गर्‍यो।

    आईएसआईका पूर्व प्रमुख असद दुर्रानी

    पूर्व आईएसआई प्रमुख दुर्रानीले यस बारेमा बोल्न इन्कार गरेका छन् ।  यस मुद्दाको सुनुवाई फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको छ।
    उक्त पुस्तकले पाकिस्तानी सेनाको ठूलो अपमान गरेको थियो।

    हार्पर कोलिन्सद्वारा प्रकाशित  पुस्तकले काश्मिर, बुरहान वानी, हाफिज सईद, कारगिल युद्ध, कुलभूषण जाधव, बलूचिस्तान, सर्जिकल स्ट्राइक, ओसामा बिन लादेन लगायतका ज्वलन्त मुद्दाहरूको उल्लेख गरेको छ।

    उनले आफ्नो पुस्तकमा आरोप लगाए कि कुलभूषण जाधवको मुद्दा पाकिस्तानले राम्रोसँग चलाएको छैन। यति मात्र होइन, उनले ओसामाको नौसेनाको सिल अपरेशनको बारेमा पनि भनेका थिए , ‘पाकिस्तान र अमेरिका बीच यस बारे गोप्य सम्झौता भएको थियो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार