गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह गोरखाले निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले बुधबार मतदाता नामावली अद्यावधिक (दाबीविरोध) बारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
प्रचण्ड–नेपाल समूहका तर्फबाट कार्यक्रममा सहभागी बनेका सचिवालय सदस्य यादव बस्नेतले कार्यक्रमको सुरुवातमै हुँदै नहुने निर्वाचनबारे छलफल कार्यक्रम स्थगित गर्न माग गरे । कार्यक्रम स्थगित नभए आफ्नो पार्टीले बहिष्कार गर्ने भन्दै बस्नेत कार्यक्रम हलबाट बाहिरिएका थिए ।
सरकारले वैशाख १७ र २७ गते प्रतिनिधिसभा मध्यावधि निर्वाचन घोषणा गरेकोले निर्वाचन कार्यालयले तयारी स्वरुप छलफल कार्यक्रम आयोजना गरेको थियो ।
Leave a Reply