Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव गौतमले भने – नेकपा जुट्नुको विकल्प छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले 'पार्टी एकता राष्ट्रिय अभियान' घोषणा गर्दै नेकपा जुट्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा जुट्नुको विकल्प नभएको बताउँदै अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा बोच्दै नेता गौतमले दुबै समूहलाई मिलाएर अघि बढ्नेमा जोड दिए। उनले दुवै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न समेत आग्रह गरेका छन् ।

उनले कम्युनिस्ट पार्टी बलियो बनाउन जुटनुको विकल्प नरहेको बताए । 'नेकपा दुई समूहमा विभाजित भएर पार्टीलाई चिराचिरा पारेको छ। जनतामा निरास पारेका छन्। चारैतिर वितृष्णा फैलिएको छ। एकथरी चुनाव गर्ने भन्छ अर्को थरी निर्वाचन गर्नु हुँदैन भन्छ,' उनले भने,' उहाँहरुभन्दा जिम्मेवार अरु कोही हुँदैन। मिल्नुको विकल्प छैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077