Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले भने-तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौं

    प्रधानमन्त्री ओलीले भने-तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौं

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।

    कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको ९० दिनभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् ।



    उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’



    भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् ।

    आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने उनकाे भनाइ थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार