Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुम्लामा भीषण आगलागी हुँदा २८ घर जलेर नष्ट

सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार भीषण आगलागी हुँदा २८ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईले आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको वताएका छन् ।अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ ।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्ने वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077