Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भाइरल अर्जुन बिक जबरजस्ती करणी र अपहरण अभियोगमा पक्राउ

    भाइरल अर्जुन बिक जबरजस्ती करणी र अपहरण अभियोगमा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । केही समय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ । बिकलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    अदालतबाट पक्राउ पुर्जी जारी गरेर गत ८ गते अर्जुनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अर्जुनविरुद्ध गत भदौ ११ गते अभियोग दर्ता भएको थियो ।



    अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ । गत साउनमा दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएपछि अर्जुन एकाएक भाइरल बनेका थिए ।



    श्रीमतीले अर्को विवाह गरेको झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार