Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बाँके प्रहरीद्वारा २ फरार प्रतिवादी पक्राउ

    बाँके प्रहरीद्वारा २ फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाँकेको जानकी गाउपालिका–२ नेवाजी गाउँ बस्ने ५१ वर्षका मातादिन कादु र खजुरा गाउपालिका–२ उदरापुर बस्ने २१ वर्षकी विना कुमारी खटिक रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाले बताए ।



    एसपी रानाका अनुसार फरार रहेका दुवै प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका कादुलाई जिल्ला अदालत बाँकेले चोरी मुद्दामा १ वर्ष ११ महिना ३ दिन कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।



    यस्तै खटिकलाई जिल्ला अदालत बाँकेले बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैदको फैसला गरेको थियो ।

    पक्राउ परेका दुवैजना प्रतिवादीलाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार