Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानमन्त्री कप विजेतालाई १० लाख रुपैयाँ दिने क्यानको निर्णय

    प्रधानमन्त्री कप विजेतालाई १० लाख रुपैयाँ दिने क्यानको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

    क्यानको मंगलबार बसेको बैठकले विजेतालाई १० लाख रुपैयाँसँगै उप विजेतालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।



    क्यानको निर्णय अनुसार सेमिफाइनल पुग्ने दुई टिमले भने ५०/५० हजार रुपैयाँमा चित्त बुझाउने छ । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५र२५ हजार रुपैयाँ पाउने छन् ।



    नेपालले कतार स्पोर्ट्स डेका अवसरमा हुने दुई देसीय ट्वान्टी ट्वान्टी खेलमा पनि सहभागिता जनाउने भएको छ । कतार क्रिकेट संघले नेपाललाई त्यसको निम्तो पठाएको हो । त्यसका लागि नेपाली टिमको प्रशिक्षण फेब्रअरी १ बाट सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार