Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा

    कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निर्वाचन क्षेत्र र स्थानीय तहकेन्द्रित विरोध प्रर्दशन गरिसकेको कांग्रेसले अब माघ १९, २४ र ३० गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

    आज बसेको केन्द्रीय समिति बैठकले १९ गते भातृसंस्थाहरुले, २४ गते शुभेच्छुक संस्थाहरुले र ३० गते जिल्ला कार्यसमितिहरुले सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।



    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र आफूहरु सुरुदेखि नै विरोधमा रहेको बताउँदै थप विरोध कार्यक्रम घोषणा गरेको बताए । जारी बैठकमा कांग्रेसको महाधिवेशनदेखि प्रदेशसहितको अन्य एजेन्डाबारे छलफल जारी रहेको प्रवक्ता शर्माले बताए ।



    केन्द्रीय समिति बैठकले अधिवेशन हुन नसकेर कार्यसमितिको म्याद समाप्त भएका भातृसंगठनको म्याद ६ महिनाका लागि थप्ने निर्णय पनि गरेको छ । साथै बैठकले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा सरकारका तर्फबाट भएको दमनको भर्त्सना गरेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार