Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चितवनमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    चितवनमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

    पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।



    मृतकहरुको सनाखत हुन बांकी रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।



    उनका अनुसार नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले बिपरित दिशा तर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको थियो ।

    ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार