Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु

चितवन । चितवनमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बांकी रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले बिपरित दिशा तर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077