Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गणतन्त्र दिवस : दिल्लीमा सेनाको परेडलाई किसानहरुको ‘ट्रयाक्टर परेड’ले दियो चुनौती

    गणतन्त्र दिवस : दिल्लीमा सेनाको परेडलाई किसानहरुको ‘ट्रयाक्टर परेड’ले दियो चुनौती

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.9K
    SHARES

    नयाँ दिल्ली । भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदैछ ।  तर, यस पटक भारतीय जनताले गणतन्त्र दिवस खल्लो अनुभव गरेका छन्।

    आज, देशले ७२ औं गणतन्त्र दिवस मनाइरहेको बेला दिल्लीको राजपथमा किसानहरुले आन्दोलन गरेका छन् ।



    आज सबैको आँखा पनि दिल्लीको सिमानामा छ। गत दुई महिनादेखि कृषि कानूनको बिरूद्ध आन्दोलन गरिरहेका किसानहरूले आज दिल्लीको सिमानामा ट्रयाक्टर र्याली निकालेका छन् ।



    कडा सुरक्षा र सबै व्यवस्था पछि, दिल्ली पुलिसले यसको अनुमति दिएको छ। यो ट्रयाक्टर परेड कुल तीन मार्गमा बाहिर निस्किएको छ , जहाँ हजारौं ट्रयाक्टरहरू देख्न सकिन्छ ।

    एकातिर राजपथमा सैनिक परेड छ, अर्कोतर्फ दिल्लीको बाहिरी सडकमा कृषकहरूको ट्रयाक्टर परेड छ। १५ वर्षभन्दा साना र ज्येष्ठ नागरिकलाई राजपथमा जान अनुमति दिइएको छैन ।  त्यसो त ५५ वर्षको पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती छैन ।

    सवा लाख मानिसको साटो यसपटक २५ हजार मानिसले नै राजपथमा परेड हेर्न पाउनेछन् ।  यस बाहेक, राजपथमा दर्शकहरूको संख्या पनि करिब २५ हजार हुनेछ। जबकि अघिल्लो बर्षमा यो संख्या १ लाखभन्दा माथि थियो ।

    गणतन्त्र दिवसको अर्को चमक किन छैन भने भारतीय र चिनियाँ सेनाबीच सिमामा झडप भइरहेका छन्। भारतीय सेनाले ठुलो क्षेती व्यहोर्दै आएको छ।

    मोदी सरकारलाई चीनले वार्ताका लागि खासै रुचाएको छैन ।

    सिमामा चिनियाँ सेनाले भारतीय सेनाको मनोबल खस्काउँदै गएको भन्दै मोदीको आलोचना भइरहेको छ।

    केही महिना अघि पुर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा परि २० जना भारतीय सैनिकको ज्यान गएपछि त मोदीको झनै आलोचना भएको थियो।

    गणतन्त्र दिवसको अघिल्लो दिन भारतीय सेनाको मनोबल उच्च बनाउन सिक्किममा हुँदै नभएको झडप भएको र चिनियाँ सेना घाइते भएको प्रायोजित समाचार प्रवाह भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार