Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ७२ औं गणतन्त्र दिवस भारतीय जनतालाई खल्लो अनुभव, मोदीको आलोचना

    ७२ औं गणतन्त्र दिवस भारतीय जनतालाई खल्लो अनुभव, मोदीको आलोचना

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 4K
    SHARES

    एजेन्सी। भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । सो अवसरमा परेडको आयोजना गरिएको छ । तर, यस पटक भारतीय जनताले गणतन्त्र दिवस खल्लो अनुभव गरेका छन्। कोरोनाका कारण परेडको स्थिती फेरिएको छ।

    १५ वर्षभन्दा साना र ज्येष्ठ नागरिकलाई राजपथमा जान अनुमति दिइएको छैन ।  ५५ वर्षको पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती हुने छैन । यसअघि भारतमा सन् १९५२, १९५३ र १९६६ मा पनि गणतन्त्र दिवसका बेला कोही प्रमुख अतिथिको उपस्थिती थिएन ।



    परेडमा समावेश हुने झाँकीको संख्या ७० बाट घटाएर ३२ गरिएको छ । यीमध्ये १७ झाँकी राज्य र केन्द्र शासित राज्यको हुनेछ । ९ झाँकी भिन्न भिन्न मन्त्रालयको हुनेछ । ६ झाँकी सुरक्षाबलको हुनेछ । परेडमा समावेश सबैले फेस मास्क लगाउनेछन् ।



    प्रवेश द्वारमा नै सबैको थर्मल स्क्रिनिङ हुनेछ र सबैको हात स्यानिटाइज गरिनेछ ।

    सवा लाख मानिसको साटो यसपटक २५ हजार मानिसले नै राजपथमा परेड हेर्न पाउनेछन् ।  यस बाहेक, राजपथमा दर्शकहरूको संख्या पनि करिब २५ हजार हुनेछ। जबकि अघिल्लो बर्षमा यो संख्या १ लाखभन्दा माथि थियो ।

    गणतन्त्र दिवसको अर्को चमक किन छैन भने भारतीय र चिनियाँ सेनाबीच सिमामा झडप भइरहेका छन्। भारतीय सेनाले ठुलो क्षेती व्यहोर्दै आएको छ।

    मोदी सरकारलाई चीनले वार्ताका लागि खासै रुचाएको छैन ।

    सिमामा चिनियाँ सेनाले भारतीय सेनाको मनोबल खस्काउँदै गएको भन्दै मोदीको आलोचना भइरहेको छ।

    केही महिना अघि पुर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा परि २० जना भारतीय सैनिकको ज्यान गएपछि त मोदीको झनै आलोचना भएको थियो।

    गणतन्त्र दिवसको अघिल्लो दिन भारतीय सेनाको मनोबल उच्च बनाउन सिक्किममा हुँदै नभएको झडप भएको र चिनियाँ सेना घाइते भएको प्रायोजित समाचार प्रवाह भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार