Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिक्किममा भारतीय सेनासँग कुनै झडप नभएको चीनको दाबी, भारतीय मिडियाको दाबी झुट मात्र !

    सिक्किममा भारतीय सेनासँग कुनै झडप नभएको चीनको दाबी, भारतीय मिडियाको दाबी झुट मात्र !

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । चीन र भारतका सैनिकहरूबीच गत साता उत्तरी सिक्किमको नाकु लामामा भएको भनिएको झडपलाई चीनले गलत समाचार भनेको छ।

    चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार भारतीय मिडियाले उनीहरूको फाइदाको लागि गलत समाचार जारी गरेका हुन।



    ती सूचनाहरू वास्तवमा नक्कली समाचार हुन्, चिनियाँ पीपुल्स लिबरेशन आर्मी (पीएलए) फ्रन्ट लाइन गस्तीमा भए पनि घटनाको कुनै रेकर्ड छैन, ग्लोबल टाइम्सले भन्यो ।



    झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको भारतीय मिडियाले दाबी गरेका थिए। त्यहाँ कम्तिमा २० चिनियाँ सैनिक घाइते भएको दाबी समेत गरिएको छ, तर स्थिति अहिले नियन्त्रणमा छ।

    ग्लोबल टाइम्सका अनुसार २० जनवरी २०२० मा उत्तर सिक्किमको नकुला क्षेत्रमा एउटा सामान्य बिबाद भएको थियो र स्थानीय कमान्डरहरूले त्यसलाई समाधान गरे। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार नियमित प्रेस सम्मेलनमा चीन र भारत बीच सैन्य वार्ताको नयाँ चरण भएको र दुबै पक्षले सकेसम्म चाँडो सम्बन्धित सूचना जारी गर्ने कुराको पुष्टि गरेका छन्।

    हालका दिनमा सेनाका शीर्ष नेताहरूको ध्यान दुबै पक्षका कोर कमाण्डर-स्तर वार्ताको नवौं चरण हो, नयाँ सीमा टकराव होइन, र भारतीय मिडियाले उल्लेख गरेको त्यस्ता झगडामा दुबै पक्ष पनि सहभागी भएका छैनन्।

    चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय पक्षको दाबी छ।

    अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको छ।

    भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेका छन्।

    यसअघि भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

    यद्यपी सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार