Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • थप ३३९ जनामा कोरोना संक्रमण हुँदा ४०१ जना डिस्चार्ज, १० जनाको मृत्यु

    थप ३३९ जनामा कोरोना संक्रमण हुँदा ४०१ जना डिस्चार्ज, १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा ४०१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै हिजो नेपालमा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार