Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्डले भने- अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं

    प्रचण्डले भने- अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन्।

    सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको प्रदर्शले ठूलो तरङ्ग ल्याएको र अब हुने प्रदर्शनलाई निर्णायक बनाइने बताए।



    उनले अबको प्रदर्शनले समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्ने समेत दाबी गरे।



    ‘काठमाडौंमा अस्ति (माघ ९) को भन्दा अझ ठूलो प्रदर्शन गर्नुपर्ने आवश्यकता महशुस गरेका छौं। किनभने टाउको मै हान्नुपर्ने आवश्यकता देखियो। अस्तिको प्रर्दशनले ठूलो तरङ्ग गएको छ,’ उनले भने,‘अबको कार्यक्रमलाई अझ ऐतिहासिक, अझ भव्य, अझ विशाल, अझ व्यवस्थित गरेर र सिंगो राष्ट्र झल्किनेगरी गनुपर्ने देखियो। मधेश झल्किने, हिमाल झल्किने, पहाड झल्किने, महिला, मुश्लिम सबै झल्किनेगरी हामीले एकचोटी सिंगो राष्ट्र उतार्ने सोचेका छौं। यो हाम्रो लागि जीवन मरणको सवाल भनेर आन्दोलन गर्नुपर्नेछ। एकपटक यसलाई निर्णायक बनाएर देखाउनुपर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार