काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताए ।
उनले निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षानिकाय तयारीमा जुट्ने बताए ।
गृहमन्त्री बादलले भने,’निर्वाचन वैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्छ।’ अदालतले छिटो फैसला गरे वैशाखमा ढिलो फैसला गरे केही मिति पर सर्ने सम्भावना पनि रहेको बताए ।
Leave a Reply