Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सप्तरीमा टेलिकमका सामग्री चोरी गर्ने चार जना पक्राउ

    सप्तरीमा टेलिकमका सामग्री चोरी गर्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 3.6K
    SHARES

    सप्तरी । नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

    सिसिटिभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिहरुको हुलिया लिएर खोज तलास गर्ने क्रममा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । डाँका गर्ने मुख्य अभियुक्त सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवसहित चार जना पक्राउ परेको प्रहरी उपरीक्षक धमलाले बताए ।



    प्रहरीले डाँका घटनामा प्रयोग भएको सवारी साधन ना ४ ख ७२४६ नम्बरको मिनी ट्रकसहित गाडीका धनी सिरहा लहान नगरपालिका–३ डगराहा टोलका ३५ वर्षीय सूर्यनारायण महतो, डाँकाको समान बिक्री गर्ने लहान नगरपालिका–३ अस्पताल चौकका ३५ वर्षीय पवन जायसवाल र ब्याट्री खरिद गर्ने कबाडी सञ्चालक सिरहाको गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाल पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार डाँका गरिएको २४ वटा ब्याट्रीमध्ये जायसवालले १७ वटा व्याट्री भारततर्फ पठाएको र ७ वटा ब्याट्री दीपक अग्रवाललाई बिक्री गरेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी सात वटा ब्याट्री र डाँकाको समान ओसार्न प्रयोग भएको मिनी ट्रक बरामद गरेको छ । उनीहरुलाई डाँका मुद्दामा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए ।

    सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दिया टोलस्थित शिवनारायण चौधरीको घरमा राखिएको २४ थान ६५० एएच ब्याट्री, २० मिटर पावर केबल र २५ मिटर अर्थिङ्ग केबल पुस २३ गते बिहान डाँका भएको थियो । घरमा ठूलो मानिस नभएका बेला चौधरीकी नाबालिका छोरीसँग टेलिकमको कर्मचारी हुँ भनेर आरोपितले झुक्याइ साँचो मागी डाँका गरेको आरोप छ । डाँका मुद्दामा पक्राउ परेका आरोपितलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए ।

    डाँकामा नेपाल टेलिकमको विटिएस निर्माणको टेण्डर लिई ठेक्का लिने भेण्डर कम्पनीमा कार्यरत प्राविधिक कर्मचारी संलग्न रहेको आंशका गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार