Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • नायक वरूणले सोसल मिडियामा लेखे, ‘जीवनभरीको प्रेम आधिकारिक भयो’

    नायक वरूणले सोसल मिडियामा लेखे, ‘जीवनभरीको प्रेम आधिकारिक भयो’

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 3K
    SHARES

    एजेन्सी । बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो ।

    वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।



    विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाए । यसबाहेक लड्डु पनि पठाइयो ।



    फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जान सक्छन् ।

    नताशा आफैंले डिजाइन गरिन् वेडिङ ट्रूजोः
    नताशा फेसन डिजाइनर हुन् । उनी आफ्नै नामको लेबल पनि चलाउँछिन् जुन वेडिङ गाउन र ब्राइडल ड्रेसेजका लागि परिचित छ । यस्तोमा उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेको पहिरन छानिन् । रिपोर्टमा बताइए अनुसार नताशाले मनिष मल्होत्राको डिजाइन लगाउनेछन् तर मनिषको पहिरन वरुण र उनको परिवारका लागि थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार