Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निर्वाचन आयोगद्वारा दुवै पक्षको दावी संशोधन गर्न अस्वीकार, ओली र प्रचण्ड नै अध्यक्ष

    निर्वाचन आयोगद्वारा दुवै पक्षको दावी संशोधन गर्न अस्वीकार, ओली र प्रचण्ड नै अध्यक्ष

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेको र पहिलेकै अवस्थामा पार्टी रहेको जनाएको छ ।आइतबार साँझ आयोगको कार्यालयमा बसेको बोर्ड बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो ।

    आयोगको यो निर्णयसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टी नै यथावत् रहने भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ।



    ‘उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन,’ उनले भने, ‘त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको छ।’



    उनले दुवै पक्षलाई छलफलमा भएको निर्णयको पत्र पठाइने जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार