Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।

    आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको हो ।



    ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएपछि पनि उनले संविधान, लोकतन्त्र, राष्ट्रको नीति, राष्ट्र हितविरुद्ध गतिविधि गरेको र स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको श्रेष्ठको भनाइ छ ।

    प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार