Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल

    किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम इञ्चार्ज भीम रावलले केपी शर्मा ओलीको निर्णयविरुद्ध सडक आन्दोलन गर्दै संगठन विस्तारको कार्य पनि सँगसँगै लैजाने बताएका छन् ।

    प्रचण्ड–नेपाल समूहको नेकपाले माघ १७ गते धनगढीमा गर्न लागेको बृहत जनप्रदर्शन बारेको पत्रकार सम्मेलनमा रावलले ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुनेर संगठन विस्तार पनि संगसँगै गरिने बताए ।



    ‘केपी ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुन्छ, संगठन विस्तार पनि संगसँगै गरिन्छ’ नेता रावलले भने । उनले, केपी सरकार नभएर त्यो किर्ते सरकार भएको आरोप लगाए ।



    ‘केपी सरकार होइन, त्यो किर्ते सरकार हो, त्यस सरकारले धेरै किर्ते गरेको छ’ उनले भने । ओली समूहले यस अघि नै धनगढीमा बृहत आमसभाको आयोजना गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार