Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट घोषित

    बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट घोषित

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

    बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६÷०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो।



    मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।



    आईजीपी शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउन उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरेका छन्।

    पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा एसएसपी दीपक थापा, डिएसपीद्धय निर्मल बुढाथोकी र वीरेन्द्र गोदार, इन्सपेक्टर दिनेश तिमिल्सिना र असई बल बहादुर बस्नेत रहेका छन् ।

    कार्यक्रममा आईजीपी क्षेत्रीले यसअघिका संगठनका प्रमुखहरु सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीको योगदानले गर्दा प्रहरी संगठन यसपटक पनि बेरुजु फछ्यौटमा सर्वोत्कृष्ट घोषित हुन सफल भएको बताएका थिए ।

    आर्थिक प्रशासनमा बसेर योजनाहरु बनाई उत्कृष्ट कार्य सम्पादन गरेका एसएसपी दिपक थापा पुरस्कृत भएका हुन् ।

    बेरुजु फछ्यौटमा उनको महत्वपूर्ण भूमिका रहेको छ । थापा हाल महानगरिय अपराध महाशाखाको प्रमुख छन् ।

    थापा सहितका प्रहरी अधिकृतहरूलाई आईजीपी क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै आभार व्यक्त गरेका थिए ।

    प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

    यसअघि बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३/७४, २०७४/७५ र २०७५/७६ गरी ३ वटा आर्थिक वर्षमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार