Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेकपा विवाद टुंगो लगाउन निर्वाचन आयोगमा छलफल, आजै रातिसम्म टुंगो लाग्ने

    नेकपा विवाद टुंगो लगाउन निर्वाचन आयोगमा छलफल, आजै रातिसम्म टुंगो लाग्ने

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ११ बजेसम्म भए पनि नेकपाको विवाद आजै टुंगो लगाउने जानकारी दिए ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगको बैठक अहिले बसिरहेको छ । सोही बैठकले नेकपा विवादबारे टुंगो लगाउनेछ ।



    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेनी भण्डारीले गत पुस ५ गते संसद भंग गरेपछि नेकपा दुईधारमा विभाजित छ ।

    औपचारीक रुपमा विभाजनको घोषणा नभएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आफूलाई आधिकारीक नेकपा भएको दावी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार