Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु

    बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।

    सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएकाे जनाइएको छ ।



    उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताए ।



    यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताए । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार