Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सामुहिक बलात्कार आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

    सामुहिक बलात्कार आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 4.3K
    SHARES

    बुटवल । रुपन्देहीमा बलात्कार आरोपित प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्।

    कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन्।



    गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। अर्को एक जनाको नग्न फोटो खिचेका थिए।



    उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।

    उनका अनुसार पक्राउ परेका कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार