Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मुख्यमन्त्री राईले यसरी कसे लगनगाँठो

    मुख्यमन्त्री राईले यसरी कसे लगनगाँठो

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज लगनगाँठो कसेका छन् ।

    मुख्यमन्त्री राईले नक्सालस्थित एलिस रेष्टुरेन्टमा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् । उमेरले ज्याङ्मु राईभन्दा झण्डै ३० वर्ष कान्छी हुन् । धेरै कान्छी हुन् ।



    ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा रहेको पनि स्रोतको दावी छ ।



    ज्याङ्मु मिस मंगोल नेपाल–२०१८ उपाधि जितेसँगै चर्चामा आएकी थिइन्।

    राईले विवाहपछि आइतबार बेलुकी विराटनगरमा दिने रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत भीआइपीहरुलाई निम्ता गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार