Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • संसद विघटनविरूद्धको मुद्दामा प्रधानन्यायाधीशले भने – बाहिर भइरहेको कुराबारे चर्चा नगरौं

    संसद विघटनविरूद्धको मुद्दामा प्रधानन्यायाधीशले भने – बाहिर भइरहेको कुराबारे चर्चा नगरौं

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएका छन् ।

    शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेका थिए । आइतबार इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भनेका छन्, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’



    तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गरेका छन् । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने ।



    वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’

    उनले अघि भने, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् । तपाईं आफ्नोमा जानुस् ।’ आजै इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार