Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संवैधानिक इजलासमा वकिलहरुबीच भनाभन

    संवैधानिक इजलासमा वकिलहरुबीच भनाभन

    अनलाइन नेपाल
  • आइतबार, ११ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आइतबार संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको हो ।

    वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभनको स्थिति देखिएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।



    श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारकी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे ।



    त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारकी वकिलहरु पनि आ(आफ्नो स्थानमा बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार