काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।
आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार साढे बाह्र बजे बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार पनि स्थायी कमिटी सदस्यबीच पार्टीका हालका एजेन्डामाथि अनौपचारिक छलफल गरेको थियो।
Leave a Reply