Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • करोडौं ठगी काण्डमा न्यायपरिषद् सदस्यका छोरा पक्राउ

    करोडौं ठगी काण्डमा न्यायपरिषद् सदस्यका छोरा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 6K
    SHARES

    काठमाडौं । जग्गा विक्री गर्ने नाममा ठगी गरको आरोपमा न्याय परिषद्का सदस्यका छोरा पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले न्याय परिषद्का सदस्य  लक्ष्मीप्रसाद निराला खड्काका छोरा शिरिष खड्कालाई आज पक्राउ गरेको हो । शिरिषसँगै सुरेन्द्र महर्जन पनि पक्राउ परेका छन्।



    शिरिषले उनी सञ्चालक रहेको ओलम्पिया वर्ल्ड स्कुलको कोटेश्वरमा रहेको जग्गा एउटासँग बैना लिएर अर्कैलाई बिक्री गरेका थिए ।



    उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को बैशाखमा दुई करोड ७५ रुपैयाँ बैना लिएका थिए । तरपछि जग्गा समेत अर्केलाई बिक्री गरेर बैना रकम फिर्ता दिएका थिएनन् ।

    प्रहरीमा जाहेरी दर्ता भइ पक्राउ पूर्जी जारी भएपछि शिरिषले बुबामार्फत न्यायपरिषद्को पावर लगाएर रोक्ने प्रयास गरेका थिए ।

    तर, उनको झण्डै तीन करोड पचाउने प्रयास सफल हुन सकेन ।

    यसअघि २०७६ सालमा पनि पक्राउ पूर्जी जारी भएको थियो । तर, उनालाई त्यतिबेला कसैले पनि पक्राउ गर्ने आँट गरेको थिएन ।

    ठगीका पुराना मुद्दाहरु हेर्दै जाँदा शिरिष पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार