Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एपीएफ सेमिफाइनलमा

    एपीएफ सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    समूह ए अन्तर्गत शनिबार भएको खेलमा एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो ।



    लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।



    आर्मी र एपीएफको समान ६ अंक छ, तर रनेटका आधारमा एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।

    पराजित कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन् । तीनवटै टिमले समूहमा समान १ खेल जित्दा ३ खेल हारेका थिए ।

    अब आर्मी र एपीएफबीच सोमबार हुने खेलबाट समूह ए को विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार