Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनविरुद्ध नागरिक आन्दोलन

काठमाडौँ । संघीय संसदकाे  प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्डसहित प्रदर्शन गरिएकाे छ।

हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् । प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले आन्दोलन अझ सशक्त बनाउँदै सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकाल्दै बालुवाटार पुग्ने निर्णय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077