Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक’

    ‘कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक’

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 1.6K
    SHARES

    एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् ।

    उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्ताे बताएका हुन्।



    प्रधानमन्त्री जोनसनले भने,’यो भाइरस पहिलेको भन्दा धेरै नै खतरानाक छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ।’



    शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन्। उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार