Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • तीन वटा पेस्तोलसहित २ जना पक्राउ

    तीन वटा पेस्तोलसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.7K
    SHARES

    जनकपुरधाम । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।



    उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।



    यस्तै, धनुषाको जनकपुरधाम उप-महानगरपालिका-१९ बाउन्न बिघास्थित बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीका १९ वर्षीय विवेक यादव पनि पक्राउ परेका छन् ।

    विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको प्रहरी धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार