Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप ३०२ जनामा कोरोना संक्रमण हुँदा ४८० जना डिस्चार्ज, ७ जनाको मृत्यु

    थप ३०२ जनामा कोरोना संक्रमण हुँदा ४८० जना डिस्चार्ज, ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ४८० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै नेपालमा हिजो ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार