Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संसद विघटनको ‘राजपत्रमा सूचना खोई?’ भनेर सोधेपछि महान्यायाधिवक्ता इजलासबाट ‘गायब’

    संसद विघटनको ‘राजपत्रमा सूचना खोई?’ भनेर सोधेपछि महान्यायाधिवक्ता इजलासबाट ‘गायब’

    गुपचुप छापेर इजलासमा बुझाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । चियाब्रेकपछि जारी भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू ?’ भनेर प्रश्न गर्दा उनी त्यहाँ थिएनन् । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न गरेका थिए ।

    प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समय बित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न सम्भवतः भुलेको थियो । इजलासमा एकाएक यो प्रश्न उठेपछि चिया समयमा उठेर आफ्नो कार्यालय गएका महान्यायाधिवक्ता खरेल फेरि संवैधानिक इजलासमा फर्केनन् ।



    ‘महान्यायाधिवक्ता चिया समयमा आउनुभयो, त्यसलगत्तै राजपत्रबारे सोधखोज गरेर कानुन समूहका सचिव धनाराज ज्ञवालीलाई डाक्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तुरुन्तै सचिवज्यू आउनुभयो र हतारमा जानुभयो ।’ सचिव ज्ञवालीले बिहीबार आफूले महान्यायधिवक्तासँग भेटघाट नगरेको दाबी गरे ।



    विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भनी इजालसमा प्रश्न उठेपछि सरकारी निकायहरु खैलाबैला मच्चिएको हो । स्रोतका अनुसार उनले बैठकलगत्तै प्रधानमन्त्री कार्यालय फर्केर बैठक डाकी राजपत्रमा निकाल्ने सूचनाको मस्यौदा गर्न लगाएका छन् । बिहीबार रातभर छापेर शुक्रबार बिहान इजलासमा राजपत्रको प्रिन्टकपी बुझाउने तयारी भइरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार