Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो

    पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । यो अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने निर्यात ६० अर्ब ८० करोड रुपियाँ मात्र पुगेको छ । तुलनात्मक रूपमा नेपालको व्यापार घाटा अघिल्लो आवको तुलनामा ५.८० प्रतिशतले कम हो । अघिल्लो पुससम्म यस्तो घाटा छ खर्ब ३७ अर्ब नाघेको थियो ।



    त्यस्तै आयात ४.८१ प्रतिशतले घटेको देखिन्छ । केही महिनाअघि गत आवको तुलनामा १५ प्रतिशतभन्दा बढीले घटेको आयात पछिल्लो समय भने बढिरहेको छ । निर्यात ६.१४ प्रतिशतले बढेको छ तर यो वृद्धिदर भने घट्दो छ । पुससम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारको आकार सात खर्ब २२ अर्ब पुगेको छ । गत आवको पुसको तुलनामा यो ३.९८ प्रतिशतले कम हो । कुल व्यापारमा आयातको हिस्सा ९१.५८ प्रतिशत पुगेको छ भने ८.४२ प्रतिशत निर्यातको हिस्सा छ ।



    व्यापार साझेदारको हिसाबले भारत सबैभन्दा अगाडि छ । भारतबाट नेपालले चार खर्ब ३८ अर्ब रुपियाँको आयात गर्दा ४३ अर्ब ५२ करोड रुपियाँको निर्यात गरेको छ । चीनबाट ९६ अर्ब रुपियाँको आयात हुँदा ५० करोड ७८ लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपियाँको आयात हुँदा चार लाख २५ हजार रुपियाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

    यसबीचमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि २९ अर्ब ६६ करोड रुपियाँको फलाम तथा स्टिल, २० अर्ब रुपियाँको मोबाइल, करिब १८ अर्बको कच्चा भटमास, १४ अर्ब तीन करोडको एलपीजी ग्यास आयात भएको देखिन्छ ।

    निर्यात हुने सूचीमा भटमासको तेल सबैभन्दा माथि छ । पुससम्म नेपालबाट १७ अर्ब रुपियाँको भटमासको तेल निर्यात भएको छ । त्यसपछि तीन अर्ब ७८ करोडको अलैँची, दुई अर्ब ५२ करोडको कालो चिया, एक अर्ब ८८ करोडको गलैँचा निर्यात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार