Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा प्रचण्ड पक्षको मसाल जुलुसमा प्रहरीले भाटा हान्यो, १३ जना घाइते, दुई पक्राउ

चितवन। संसद विघटनको विरुद्धमा भोली काठमाडौँमा हुने विरोधसभाको पूर्वसन्ध्यामा नेकपा प्रचण्ड- माधव पक्षले चितवनमा गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट १३ जना भन्दा बढी घाइते भएका छन् ।

प्रहरीको लाठी प्रहारबाट  रुकु बस्नेत, सुसन पौडेल, अंकित दवाडी, राजु भुसाल, अविरल पोखरेल, निर्मल दवाडी, सन्देश अधिकारी, सागर पुरी, अविनाश रम्तेल, नीरज सापकोटा, मनोज नहर्की, रोहित सुवेदी र वीरेन्द्र खरेल घाइते भएका छन् ।

साथै युवा नेताहरु  भानु न्यौपाने र विशाल कडेँललाई प्रहरीले गिरफ्तार गरेको नेकपा चितवनले जनाएको छ ।

नेकपा चितवनले प्रहरीले गरेको हस्तक्षेपप्रति विरोध जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधान प्रदत्त अधिकार रहेको भन्दै गिरफ्तारी र धरपकड गरेकोमा विरोध जनाएको हो ।

जिल्ला अध्यक्ष याम बहादुर परियार र सचिव कृष्ण भक्तपोखरेलको संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्माओलीको प्रत्यक्ष निर्देशनमा यूवाहरुको गिरफ्तारी र धरपकड गरिएको आरोप लगाएको छ । गिरफ्तारीमा परेका आफ्ना यूवा नेताहरुलाई विना शर्त रिहा गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077