Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, ४ माघपछि वकालतनामा दिएका वकिलले बहस गर्न नपाउने

काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटमाथिको सुनुवाइ शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरण, वरिष्ठ अधिवक्ता प्रा. गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले बहस गरेका थिए ।

यसैबीच प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा बहसका लागि माघ ४ गतेपछि वकालतनामा दिएका कानुन व्यवसायीले बहस गर्न नपाउने भएका छन् ।

बिहीबार संवैधानिक इजलासमा रिट निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट बहसका लागि आएका अधिवक्ता वसन्त रिमाललाई बहस गर्नबाट रोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिमाललाई बहस गर्नबाट रोक्दै माघ ४ गतेपछि आएका वकालतनामालाई अस्वीकार गरिएको जानकारी दिएका थिए । योसँगै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ अघि वकालतनामा बुझाएका कानुन व्यवसायीले मात्र बहस गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077