Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप

    काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ।

    बिहीबार बिहान इयर इन्डियाको विमानबाट खोप काठमाडौं ल्याइएको हो।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ।



    नेपाललाई भारतले दिएको दश लाख डोज भ्याक्सिन काठमाडौं आइपुगेको हो ।

    आज विहाननै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जनाएका थिए ।

    कोरोना भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ।

    भ्याक्सिन वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जनाइसकेका छन् ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार