Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनको विरोधमा वडास्तरमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई संसद विघटनको विरोधमा आज वडास्तरमा प्रदर्शन गर्न निर्देशन दिएका छन्।

देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077