Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रोकिएन भारतीय आतंक, महाकालीमा नेपाली भूभागमा एकतर्फी तटबन्ध निर्माण

    रोकिएन भारतीय आतंक, महाकालीमा नेपाली भूभागमा एकतर्फी तटबन्ध निर्माण

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.8K
    SHARES

    दार्चुला ।  सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ ।

    दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले आफूखुसी तटबन्ध बनाइरहेको हो । यसअघि भएको सहमतिअनुसार अघि बढ्न नेपालका तर्फबाट अनुरोध गरिएको थियो ।



    जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत महिना नै २०७० असारमा आएको बाढीले धार परिवर्तन गरी नदी वारि (नेपाल) आए पनि उक्त भूभाग नेपालको भएको सार्वजनिक जानकारी भारतलाई दिइसकेको छ ।



    भारतले अहिलेसम्म तटबन्धको फाउन्डेसनका लागि करिब ८० मिटर खनिसकेको छ र २० मिटरमा फाउन्डेसन राखेको छ । निर्माणस्थलमा सयौं कामदार लगाइएका छन् । डोजरले तटबन्धको जग खनिँदै छ ।

    नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने नेपाली अधिकारीहरूको भनाइ छ ।

    उनीहरूका अनुसार संयुक्त सर्वेक्षण टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति थियो ।भारतीय पक्षले महाकालीको बहाव परिवर्तन गर्ने ढंगले संरचना निर्माण गरिरहेको हो ।

    तटबन्धसँगै बनाइने स्परले नदीको बहाव धकेल्ने र नेपालतर्फ जोखिम बढ्ने प्राविधिकहरूको भनाइ छ । भारतले बाँध निर्माण सुरु गरेको उक्त भूभाग २०७० सालको बाढी आउनुअघि महाकाली वारिको बगर क्षेत्र रहेको स्थानीय बताउँछन् ,कान्तिपुरमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार