Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शपथपछि बाइडेनले भने – यो इतिहास र आशाको दिन हो, प्रजातन्त्रको लागि जीत मनाइरहेका छौं

    शपथपछि बाइडेनले भने – यो इतिहास र आशाको दिन हो, प्रजातन्त्रको लागि जीत मनाइरहेका छौं

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.5K
    SHARES

    एजेन्सी। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन्।  

    राष्ट्रपतिको शपथ ग्रहण गरेपछि बाइडेनले भनेका छन् , यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो। उनले थप भने, ‘अमेरिकाले धेरै चोटी धेरै परीक्षा लियो र यो चुनौतिहरूको साथ उभिएको छ। आज हामी एक जना उम्मेदवारको जीत मनाउन होइन, प्रजातन्त्रको लागि मनाइरहेका छौं।’



    ७८ वर्षीय बाइडेनले डोनाल्ड ट्रम्पलाई चुनाब हराएका थिए।



    डेमोक्र्याटिक पार्टीका नेता बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जस्टिस जोन रोबर्ट्सले पद र गोपनीयताको शपथ दिलाएका हुन ।

    त्यस्तै कमला ह्यारिसले अमेरिकाको ४९ औं उप राष्ट्रपतिको रूपमा शपथ लिएकी छन् ।

    उनले सर्वोच्च अदालतका न्यायाधीश सोनिया सोटोमायरले ह्यारिसलाई शपथ दिलाएकी हुन। । कमला अमेरिकी इतिहासमा पहिलो महिला उप(राष्ट्रपति हुन्। कमला ह्यारिस भारतीय मुलकी हुन। उनी आफ्ना पतिसंग क्यापिटल हिल पुगेर शपथ ग्रहण गर्ने पहिलो महिला हुन।

    शपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपति बराक ओबामा, बिल क्लिन्टन र अहिलेका पूर्व उपराष्ट्रपति माइक पेन्स पनि सामेल छन्। जबकि डोनाल्ड ट्रम्प उपस्थित छैनन्।

    शपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् । जेनिफर लोपोजले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार