Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • चलचित्र ‘सत्यम’मा राजेश हमाल

    चलचित्र ‘सत्यम’मा राजेश हमाल

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 6.9K
    SHARES

    काठमाडौं । महानायक राजेश हमाल करिब चार वर्षपछि चलचित्रको पर्दामा देखिने भएका छन् । लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका नायक हमालले एक नयाँ चलचित्र साइन गरेका हुन् ।

    निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । सौर्यमा एक साथ काम गरेका कलाकार अनुप बिक्रम शाही चलचित्र ‘सत्यम’ मार्फत पुनः राजेशसँगै देखिने भएका छन् ।



    नायकको भूमिकामा राजेश देखिदै छन् भने शाही खलनायकको भूमिकामा देखिने छन् । कारीव एक बर्शसम्म कुराकानी गरेर मात्रै यो रोलमा हमालले साहमति जनाएका हुन् ।



    हमालका बागमती र सकुन्तला एकपछी अर्को गर्दै फिल्म फ्लप भए सँगै उनले नयाँ काममा हात हालेका थिएनन् । धेरै फिल्मका लागि कुराकानी भए पनि अन्तत उनी ‘सत्यम’ को सम्झौता पत्रमा हस्ताक्षर गर्न राजी भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार