Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कमलपोखरी पुनर्निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    कमलपोखरी पुनर्निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाएर थालेको कमलपोखरी पुनर्निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

    सम्पदा अभियन्ता तथा रिट निवेदक सञ्जय अधिकारीले पुरातत्व विभागले कमलपोखरीको मौलिक स्वरूप नबिगार्नु भनेर पत्र पठाउँदा पनि काठमाडौं महानगरपालिकाले अटेर गरी रातारात डोजर चलाएर पोखरीको ऐतिहासिक सम्पदा मास्न लागेको भन्दै आज मुद्धा दायर गरेको हुन् ।



    पुरातत्व विभागले पत्रमार्फत ऐतिहासिक सम्पदा नमास्नेगरी पुरानै स्वरुपमा पुनर्निर्माण गर्न निर्देशन दिएपनि अटेर गरी डोजर चलाएकाले मुद्धा हाल्न बाध्य भएको निवेदक अधिकारीले बताए ।



    महानगरपालिकाले कंक्रिटको प्रयोग गरी कमलपोखरी पुनर्निर्माण गरेपछि अहिले यसको चर्को विरोध भइरहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार