Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद बिघटन गर्न किन पाउँदैनन्?

काठमाडौं । प्रतिनिधि सभा बिघटनका बिरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन भन्ने प्रश्न गरेका छन् ।

बुधबारको सुनुवाइका क्रममा बहसकर्ता कानुन ब्यवसायीहरुलाई उनले यस्तो प्रश्न गरेका छन् । बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग भएको सवाल जवाफका क्रममा राणाले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले उठाएको प्रश्नको जवाफमा ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने आधार र कारण दिंदै सरकार बन्ने सम्भावना हुँदासम्म संसद विघटन हुन नसक्ने तर्क राखेका थिए ।

उनले धारा ७६ (१) र धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077