Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पछिल्लो २४ घण्टाको कोरोना अपडेट

    थप ३१८ जनामा संक्रमण पुष्टि, ३८३ जना डिस्चार्ज, ६ जनाको मृत्यु

    थप ३१८ जनामा संक्रमण पुष्टि, ३८३ जना डिस्चार्ज, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ३८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै नेपालमा हिजो ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार