Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लद्दाखपछि अरुणाचल प्रदेशमा चीनको धावा, अतिक्रमण गरी गाउँ नै स्थापना

    लद्दाखपछि अरुणाचल प्रदेशमा चीनको धावा, अतिक्रमण गरी गाउँ नै स्थापना

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। चीनले उत्तर-पूर्वी राज्य अरुणाचल प्रदेशमा वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट भारततर्फ नयाँ अतिक्रमण गरी त्यहाँ एउटा गाउँ पनि स्थापना गरेको भारतीय पक्षले आरोप लगाएको छ।

    राजनीतिक सर्कल र मिडियाहरुमा अहिले यो बिषयमा बहस भइरहेको छ। केही समाचार च्यानलहरूले  चीनले भारतको नियन्त्रण क्षेत्र अन्तर्गत अरुणाचल प्रदेशमा पक्की घर भएको गाउँ स्थापना गरेको आरोप लगाएका छन्।



    भारतको विदेश मन्त्रालयले यी समाचारहरूमा नजर राखेको जनाएको छ । मिडियामा कुरा गरिरहेको गाउँ अरुनाचल प्रदेशको माथिल्लो सुबानसिरी जिल्लामा ‘सारी चू’ नदीको किनारमा अवस्थित छ।



    यो क्षेत्रमा पनि भारत र चीनको सेनाबीच धेरै हिंसात्मक झगडा देखा परेको छ। सबैभन्दा ठूलो सेटेलाइट संचालन कम्पनीको प्रयोगशालाले सेटेलाइटबाट लिइएको दुई तस्बिरहरू जारी गरेको छ।

    एउटा तस्वीर अगस्त २०१९ को रहेको र  जुन क्षेत्रमा कुनै पनि प्रकारको निर्माण नभएको वताइएको छ ।

    जबकि, दोस्रो तस्वीर गत वर्ष नोभेम्बरको हो, जसले धेरै पक्का घरहरू र सडकहरू देखाउँदछ।

    भारतको परराष्ट्र मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘चीनले अरुणाचल प्रदेशको नजिकै रहेको एलएसी छेउछाउका ठाउँमा केही वर्षदेखि निर्माण कार्य गरिरहेको छ।

    र,  संरचना निर्माणको कार्यलाई गति दिइरहेको छ, जहाँ सीमा नजिकै बस्ने स्थानीय मानिसहरूले मद्दत गरेका छन् ।

    भारतीय जनता पार्टीका अरुणाचल प्रदेशका सांसद तापीर गाओले विगत धेरै वर्षदेखि चीनले संसद र संसद बाहिर घुसपैठ गरेको आरोप लगाउँदै आएका छन्।

    उनले यो कुरा संसदमा सेप्टेम्बर २०१९ मा र त्यसपछि नोभेम्बरमा उठाएका थिए । दुबै पटक सरकारले चिनियाँ घुसपैठको आरोपलाई अस्वीकार गर्‍यो र यसपटक चिनियाँ बस्तीहरूको बारेमा पनि चिन्ता प्रकट गर्‍यो। बिबिसी हिन्दी 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार